प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने : Icon Khabar

काठमाडौं, भदौ २१ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे सुरु हुने बैठकमा सांसदहरुले चार मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम छ ।

आजको बैठकमा संसद सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०२२/२३ को १५औँ वार्षिक प्रतिवेदन आज पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Published Date: 07 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक