प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने : Icon Khabar

काठमाडौं, भदौ २१ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे सुरु हुने बैठकमा सांसदहरुले चार मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम छ ।

आजको बैठकमा संसद सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०२२/२३ को १५औँ वार्षिक प्रतिवेदन आज पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Published Date: 07 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास