पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा एकको मृत्यु, दुईको अवस्था गम्भिर

पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा एकको मृत्यु, दुईको अवस्था गम्भिर : Icon Khabar

काठमाडौँ , भदौ १७ ।  काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा बा. प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक वर्ष २६ का पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको सनाखत भइसकेको छैन । दुर्घटनामा पाँच जना घाइते भएका छन् भने तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

यी हुन् दुर्घटनाका घाइते

१. जि.काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड्का, हातखुट्टा चिउँडोमा चोट, बोल्न नसक्ने ।

२. दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ उषा थापा– हात–टाउको–खुट्टामा चोट, बोल्न नसक्ने ।

३. दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती– ढाड र हातमा चोट अवस्था सामान्य ।

४. उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने वर्ष २३ की कल्पना विक– भित्रि चोट, अवस्था सामान्य ।

५. मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा– हातमा चोट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने