पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा एकको मृत्यु, दुईको अवस्था गम्भिर

पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा एकको मृत्यु, दुईको अवस्था गम्भिर : Icon Khabar

काठमाडौँ , भदौ १७ ।  काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा बा. प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक वर्ष २६ का पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको सनाखत भइसकेको छैन । दुर्घटनामा पाँच जना घाइते भएका छन् भने तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

यी हुन् दुर्घटनाका घाइते

१. जि.काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड्का, हातखुट्टा चिउँडोमा चोट, बोल्न नसक्ने ।

२. दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ उषा थापा– हात–टाउको–खुट्टामा चोट, बोल्न नसक्ने ।

३. दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती– ढाड र हातमा चोट अवस्था सामान्य ।

४. उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने वर्ष २३ की कल्पना विक– भित्रि चोट, अवस्था सामान्य ।

५. मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा– हातमा चोट ।

Published Date: 03 September 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड