भुटानमाथि नेपालको संघर्षपूर्ण जित

भुटानमाथि नेपालको संघर्षपूर्ण जित : Icon Khabar

काठमाडौँ , भदौ १७ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २३ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् ।

झिनो लक्ष्य पछ्याएको नेपाल एक समय ५.५ ओभरमा १६-५ को दयनीय अवस्थामा पुगेको थियो । कविता जोशी २० बलमा १ चौकासहित ९ रनमा आउट भइन् ।

कविता कुँवर, अश्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भइन् । सीता रानामगर ११ बलमा १ चौकासहित ८ रनमा आउट भइन् । पुजा महतो १० बलमा ३ रनमा आउट भइन् ।

भुटानकी अन्जुली घलेले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । अन्जु गुरुङले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर १ विकेट लिइन् । क्षिरिङ जांग्मोले २ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् ।

नेपालविरुद्ध खेलमा भुटानले एकमात्रै चौका हानेको थियो । त्यो चौका प्रहार गर्न भुटानले ७३ बल पर्खिनु परेको थियो । स्पिनर कविता जोशीलाई भुटानकी डेचेनले १३ औं ओभरको दोस्रो बलमा चौका हानेकी थिइन् ।

तीव्र गतिकी बलर कविता कुँवरले पहिलो बलमै ओपनर न्गवागं चोडेनलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । अर्की ओपनर कर्मा डेमा २७ बलमा १ रन बनाउँदै आउट भइन् । उनी स्पिनर खुशी डंगोलको बलमा आउट भएकी थिइन् ।

नेपालका लागि तीव्र गतिकी बलर पुजा महतोले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर १ विकेट लिइन् । खुशी डंगोलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपाल ३ खेलमा शीर्षस्थानमा छ । नेपालले अव मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्य एक खेलमा जित सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । दुबै खेलमा पराजित भएपनि नेटरनरेटको सम्भावना रहन्छ । युएई २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट