नेपाललाई भुटानको झिनो लक्ष्य

नेपाललाई भुटानको झिनो लक्ष्य : Icon Khabar

काठमाडौँ , भदौ १७ । भुटानले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ४० रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।

नेपालविरुद्ध खेलमा भुटानले एकमात्रै चौका हानेको थियो । ७३ बलपछि पहिलो चौका हानेको थियो । स्पिनर कविता जोशीलाई भुटानकी डेचेनले १३ औं ओभरको दोस्रो बलमा चौका हानेकी थिइन् ।

तीव्र गतिकी बलर कविता कुँवरले पहिलो बलमै ओपनर न्गवागं चोडेनलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । अर्की ओपनर कर्मा डेमा २७ बलमा १ रन बनाउँदै आउट भइन् । उनी स्पिनर खुशी डंगोलको बलमा आउट भएकी थिइन् ।

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर १ विकेट लिइन् । खुशी डंगोलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २।५ ओभरमै पूरा गरेको थियो । भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो । बहराइनलाई ८ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट