ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो : Icon Khabar

काठमाडौं, भदौ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौलाई बुझाएको छ।

सीआईबीले आफ्नो काम पूरा गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। अब सरकारी वकिल कार्यालयले थप कारबाही प्रक्रिया अगाडि बढाउनेछ।

ललिता निवासको १४२ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा पास गरेको प्रकरणमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवदेन तयार पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2023
Website | + posts