काठमाडौं महानगरमा भदौ १५ गते सार्वजनिक बिदा

काठमाडौं महानगरमा भदौ १५ गते सार्वजनिक बिदा : Icon Khabar

काठमाडौं, भदौ १३ गते ।   काठमाण्डौ महानगरपालिकाले भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उक्त दिन सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन रहेकोले महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

‘ती परम्परालाई निरन्तरता दिई महानगरको मौलिक अमृत सम्पदाको संरक्षण गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाण्डौ महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो’, सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2023
Website | + posts