सात स्टार किड्स, जसले गर्दैछन् बलिउडमा डेब्यू

सात स्टार किड्स, जसले गर्दैछन् बलिउडमा डेब्यू : Icon Khabar

मुम्बई, भदौ १३ । सन् २०२४ मा एक, दुई मात्र होइन सात जना स्टार किड्सले बलिउडका फिल्ममा डेब्यू गर्न लागेका छन् । तीमध्ये केहीले त फिल्ममा काम गर्न थालिसकेका छन् भने केहीको फिल्म रिलिज हुने शेड्यूलमा रहेका छन् ।

कुन–कुन स्टार किड्सले यो वर्ष बलिउडमा पाइला राख्दैछन् त ?

शाहरुख खानकी छोरी सुहाना खान

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान अभिनेत्रीको रुपमा बलिउडमा पाइला राख्दैछिन् । जोया अख्तरको ‘द आर्चीज’ फिल्मबाट सुहानाले बलिउडमा डेब्यू गर्न लागेकी हुन् । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

ऋतिक रोशनकी बहिनी पश्मीना रोशन

पश्मीना रोशन बलिउड अभिनेता ऋतिक रोशनका काकाकी छोरी हुन् । पश्मीना रोशन पनि अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी छिन् । पश्मीना रोशनले फिल्म ‘इश्क–विश्क’ बाट बलिउडमा पाइला राख्न लागेकी हुन् ।

श्रीदेवी–बोनी कपूरकी छोरी खुशी कपूर

खुशी कपूर निमार्ता बोनी कपूर र दिग्गज अभिनेत्री श्रीदेवीकी कान्छि छोरी हुन् । खुशी कपूर पनि अब बलिउडमा अभिनेत्रीको रुपमा देखिने भएकी छिन् । उनी जोया अख्तरको ‘द आर्चीज’ बाट बलिउडमा डेब्यू गर्न लागेकी छिन् ।

शाहरुख खान र गौरी खानका छोरा आर्यन खान

आर्यन खान शाहरुखका एक्लो छोरा हुन् । आर्यन पनि बलिउडमा डेब्यू गर्दैछन्, तर उनी अभिनेता नभएर निर्देशकको रुपमा बलिउडमा डेब्यू गर्न लागेका हुन् । आर्यन खानले एउटा वेब सीरीजमा काम गर्न थालिसकेका छन् ।

सैफ अली खानका छोरा इब्राहिम अली खान

इब्राहिम अली खान सैफ र अमृता सिंहका छोरा हुन् । दिदी सारा अली खानपछि अब इब्राहिम अली खानले करण जौहरको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका छन् । इब्राहिम अली खानले फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा सहायकको रुपमा पनि गरेका थिए ।

अमिताभ बच्चनका नाती अगस्त्य नन्दा

अमिताभ बच्चनका नाती अगस्त्य नन्दा पनि बलिउडमा अभिनेताको रुपमा पाइला राख्दैछन् । अगस्त्य नन्दा पनि जोया अख्तरको ‘द आर्चीज’ मा देखिँदैछन् ।

सलमान खानकी भान्जी अलीजा अग्निहोत्री

अलीजा अग्निहोत्री अभिनेता सलमान खानकी भान्जी हुन् । उनी पनि बलिउडमा अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । अलीजा नेशनल अवार्ड विजेता फिल्म मेकर सोमेन्द्रा पाढीको निर्देशनमा बनेको फिल्ममा देखिँदैछिन् ।

Published Date: 30 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक