भक्तपुर सुधार गृहमा मृत भेटिएका कमलको शव पोस्टमर्टम गर्न परिवार सहमत

भक्तपुर सुधार गृहमा मृत भेटिएका कमलको शव पोस्टमर्टम गर्न परिवार सहमत : Icon Khabar

भक्तपुर, भदौ ११। भक्तपुरको सुधार गृहमा मृत फेला परेका रामेछाप मन्थली नगरपालिका-३ का कमल बस्नेतको शव परीक्षण गर्न उनका परिवार सहमत भएका छन्।

आइतबार भएको आठौं दिनको छलफलपछि कमलको शव परीक्षण गर्न उनका परिवारले सहमति दिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सेतोपाटीलाई जानकारी दिए।

गत आइतबार भदौ ३ गते सुधार गृहमा अचेत भेटिएका कमललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।

सुधार गृहको लापरबाहीका कारण कमलको मृत्यु भएको भन्दै उनका परिवार र आफन्तको प्रदर्शनका कारण त्यस दिन दिनभर सुधार गृह तनावग्रस्त बनेको थियो।

कमलको खुट्टामा निलडाम देखिएकोले कमलको हत्या भएको आशंकामा उनका परिवारले निष्पक्ष छानबिन नभएसम्म शव परीक्षण गर्न नदिने अडानमा थिए।

त्यसपछि घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनेको थियो। समितिले प्रतिवेदन बुझाइसकेको छैन।

हिजो प्रमुख जिल्ला अधिकारी रिजाल, भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुंगिएको हो।

‘मृतकको परिवारलाई यथोचित आर्थिक सहायता दिने सहमतिपछि उहाँहरू शव पोस्टमर्टम गरी अन्तिम संस्कारका लागि तयार हुनुभएको छ,’ प्रजिअ रिजालले भने।

Published Date: 28 August 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय