भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने

भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने : Icon Khabar

काठमाडौं, भदौ १० । नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ।

हप्ताको एक दिन मंगलबार एक उडानबाट सेवा सुरु गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्गको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन्।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यववस्था मिलाइने पौडेलले बताए ।

Published Date: 27 August 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड