भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने

भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने : Icon Khabar

काठमाडौं, भदौ १० । नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ।

हप्ताको एक दिन मंगलबार एक उडानबाट सेवा सुरु गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्गको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन्।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यववस्था मिलाइने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने