आजदेखि पुरानो बाइकसँग रोयल इनफिल्डको नयाँ क्लासिक ३५० र स्क्रयाम ४११ साट्न सकिने

आजदेखि पुरानो बाइकसँग रोयल इनफिल्डको नयाँ क्लासिक ३५० र स्क्रयाम ४११ साट्न सकिने : Icon Khabar

काठमाडौं, भदौ १० । अब पुरानो बाइकसँग रोयल इनफिल्डको नयाँ क्लासिक ३५० र स्क्रयाम ४११ साट्न सकिने भएको छ।

रोयल इनफिल्डको आधिकारिक बिक्रेता कम्पनी त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले एक्सचेन्ज मेला संचालन गर्ने भएको छ। आज भदौ १० गतेदेखि १५ गतेसम्म आयोजना गरिने मेलामा कम्पनीले बाइक साट्न पाइने सुविधा दिने भएको हो।

उक्त मेलामा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र स्पट फाइनान्स जस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे साधनसँग रोयल इन्फिल्डका नयाँ मोटरसाइकल साट्न सजिलो हुने कम्पनीले जनाएको छ।

हाल रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्रयाम ४११ नयाँ मोडेलहरु उपलब्ध छन्। नेपालभरका आफ्ना शोरूम र डिलर प्वाइन्टबाट यो मेलामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकसँग आफ्नो मोटरसाइकलको राम्रो मूल्यांकनका लागि विभिन्न एक्सचेन्ज हाउसका विकल्पहरू हुनेछन। साथै स्पट फाइनान्सका लागि पनि वित्तीय संस्था हुनेछन्।

Published Date: 27 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय