सिनेमा हलमा प्रदर्शन भएर सुपरहिट फिल्म ‘महापुरुष’ ‘सिनेमाघर एप’ मा हेर्न सकिने

सिनेमा हलमा प्रदर्शन भएर सुपरहिट फिल्म ‘महापुरुष’ ‘सिनेमाघर एप’ मा हेर्न सकिने : Icon Khabar

काठमाडौं, भदौ १० । सिनेमा हलमा प्रदर्शन भएर सुपरहिट भएको नेपाली फिल्म ‘महापुरुष’ शुक्रवारदेखि नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सिनेमाघर र फिल्मको टीमले यसबारेमा जानकारी गराएको छ ।

यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुबै तरिकाले पाइने छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई दुई सय रुपैयाँ तिरेर हेर्न सकिने छ ।

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले महापुरुषलाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । यो एप हालसम्म सात लाख बढी पटक डाउनलोड भएको छ ।

महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो सङ्ख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान सावित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा महापुरुषुका अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा निर्माता म्याक्स दिपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

Published Date: 27 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक