सिनेमा हलमा प्रदर्शन भएर सुपरहिट फिल्म ‘महापुरुष’ ‘सिनेमाघर एप’ मा हेर्न सकिने

सिनेमा हलमा प्रदर्शन भएर सुपरहिट फिल्म ‘महापुरुष’ ‘सिनेमाघर एप’ मा हेर्न सकिने : Icon Khabar

काठमाडौं, भदौ १० । सिनेमा हलमा प्रदर्शन भएर सुपरहिट भएको नेपाली फिल्म ‘महापुरुष’ शुक्रवारदेखि नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सिनेमाघर र फिल्मको टीमले यसबारेमा जानकारी गराएको छ ।

यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुबै तरिकाले पाइने छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई दुई सय रुपैयाँ तिरेर हेर्न सकिने छ ।

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले महापुरुषलाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । यो एप हालसम्म सात लाख बढी पटक डाउनलोड भएको छ ।

महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो सङ्ख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान सावित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा महापुरुषुका अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा निर्माता म्याक्स दिपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

Published Date: 27 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय