आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा : Icon Khabar

काठमाडौं, भदौ ८ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘जय हो’ प्रदर्शनमा आएको छ । सार्वजनिक प्रदर्शनमा आउनुअघि गत बुधवार काठमाडौंमा आयोजित प्रीमियर शोमा फिल्मले प्रशंसा पाएको थियो ।

टेक पौरखी राईको निर्देशनमा बनेका यो फिल्ममा केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ ।

यो फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको यो फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । यो फिल्म सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

महानगर

आजै शुक्रवारदेखि विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर पुरस्कृत भैसकेको नेपाली फिल्म ‘महानगर– वान नाइट इन काठमाडौं’ पनि प्रदर्शनमा आएको छ । फिल्ममा कार्म र मेनुका प्रधान मुख्य भूमिकामा छन् । महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।

देश–विदेशका थुप्रै फेस्टिभलमा सहभागी भई केही अवार्ड पनि जित्न सफल यो फिल्ममा मेनुकाले महानगरको सपनाको बोझले थिचिएकी युवतीको भूमिका निर्वाह गरिरहेको संकेत पाइन्छ भने कार्म उनलाई त्यो बोझबाट निकाल्ने जिम्मेवारीमा छन् ।

सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा उक्त रातले ल्याएको परिवर्तनलाई फिल्ममा उतारिएको निर्माण टिमले बताउँदै आएको छ । यो फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ ।

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्मले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडल वे फिल्मस्ले निर्माण गरेको ‘महानगरड को लेखन तथा निर्देशन मोहन राईले गरेको हुन् भने यो फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत रहेको छ ।

फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2023
Website | + posts