नेपाली अटो बजार सुस्त, साउनमा ११० ओटा मात्रै भित्रिए विद्युतीय गाडी

नेपाली अटो बजार सुस्त, साउनमा ११० ओटा मात्रै भित्रिए विद्युतीय गाडी : Icon Khabar

काठमाडौँ, भदौ ८ । चालु आर्थिक बर्षको पहिलो महिना ११० ओटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० को साउन महिनाकाे तुलनामा याे साउन महिनामा विद्युतीय गाडीको आयात आधाले कमी आएकाे पाइएको हो ।

गत आव आर्थिक बर्ष २०७९/८० काे साउन महिनामा २११ वटा विद्युतीय कार भित्रिएका थिए ।भन्सार विभागको तथ्याङ्क अनुसार याे साउनमा ५० किलोवाटसम्मका गाडी २१ गाडी भित्रिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ५१ देखी १०० किलोवाटसम्मका भने ८१ ओटा भित्रिएका छन्।

विभागका अनुसार १०० किलोवाट भन्दा माथीका ७ ओटा गाडी भित्रिएका छन्। साउनमा ३४ करोड रुपैयाँको विद्युतीय गाडी आयात भएका छन्।

अघिल्लो वर्ष ६२ करोड रुपैयाँ बराबरका विद्युतीय गाडी आयात भएका थिए। नेपालमा विक्री हुने ब्रान्डमा भारतबाट मुख्यत टाटा, चीनबाट बीवाईडी, एमजी, नेटा भी भित्रने गरेका छन्।

Published Date: 25 August 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक