प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने

प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने : Icon Khabar

काठमाडौं, भदौ ७ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन्।

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए। उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गरे।

यसैगरी, सभामुखले समिति सभापतिहरूको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए। प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

Published Date: 24 August 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय