प्रधानमन्त्री दाहालद्वारा त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि ब्यक्त

प्रधानमन्त्री दाहालद्वारा त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि ब्यक्त : Icon Khabar

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले धादिङ जिल्लामा आज (३-०१-००५ ख ९९५२) बस दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको फाजुरी–२ चालिसेमा आज बिहान ११ बजेतिर त्रिशूली नदीमा खसेको हो ।

प्रधानमन्त्रीले सडक दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले घाइते यात्रुहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

Published Date: 23 August 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक