महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दै

महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दै : Icon Khabar

काठमाडौं, भदौ ५ । मलेसियामा आजदेखि चार राष्ट्रको सहभागिता रहेको महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल बाय्युमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

त्यसअघि आयोजक राष्ट्र मलेसियाले प्रारम्भिक खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै सिरिजको सुरुवात गर्नेछ ।

यो चार राष्ट्रको टी–२० शृंखलाले आईसीसी महिला टी–२० विश्वकपको आगामी एशिया छनोटको तयारीको रूपमा महत्त्वपूर्ण महत्व राख्छ। छनोट प्रतियोगिता अगस्ट ३१ बाट मलेसियामा आयोजना हुँदैछ ।

नेपालले सन् २०१९ यता हङकङलाई हराउन सकेको छैन, त्यसैले नेपालले यस सिरिजमा हङकङलाई जित्ने रणनीतिक योजना बनाएको छ ।

गत जुनमा भएको इमर्जिङ कपमा नेपाल र हङकङको खेल प्रतिकूल मौसमका कारण रद्द भएको थियो ।

सन् २०१९ मा भएको टी–२० विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ४ विकेटले हराउन सफल भएको थियो तर २०२१ मा भएको टी–२० विश्वकप एशिया छनोट र गत वर्ष भएको एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको थियो ।

Published Date: 22 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक