महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दै

महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दै : Icon Khabar

काठमाडौं, भदौ ५ । मलेसियामा आजदेखि चार राष्ट्रको सहभागिता रहेको महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल बाय्युमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

त्यसअघि आयोजक राष्ट्र मलेसियाले प्रारम्भिक खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै सिरिजको सुरुवात गर्नेछ ।

यो चार राष्ट्रको टी–२० शृंखलाले आईसीसी महिला टी–२० विश्वकपको आगामी एशिया छनोटको तयारीको रूपमा महत्त्वपूर्ण महत्व राख्छ। छनोट प्रतियोगिता अगस्ट ३१ बाट मलेसियामा आयोजना हुँदैछ ।

नेपालले सन् २०१९ यता हङकङलाई हराउन सकेको छैन, त्यसैले नेपालले यस सिरिजमा हङकङलाई जित्ने रणनीतिक योजना बनाएको छ ।

गत जुनमा भएको इमर्जिङ कपमा नेपाल र हङकङको खेल प्रतिकूल मौसमका कारण रद्द भएको थियो ।

सन् २०१९ मा भएको टी–२० विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ४ विकेटले हराउन सफल भएको थियो तर २०२१ मा भएको टी–२० विश्वकप एशिया छनोट र गत वर्ष भएको एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको थियो ।

Published Date: 22 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय