ललिता निवास प्रकरणमा सीआईबीले लियो पूर्वउपप्रधानमन्त्री गच्छदारको बयान

ललिता निवास प्रकरणमा सीआईबीले लियो पूर्वउपप्रधानमन्त्री गच्छदारको बयान : Icon Khabar

काठमाडौं, भदौ ५ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहको बयान लिएको छ ।

शाहको बयान केन्द्रीय कारागारमा लिइएको थियो भने गच्छदारलाई बयानका लागि सिआइबीमा बोलाइएको थियो । उनीहरुबाट सोमबार राति बयान लिइएको सिआइबी स्रोतले जनाएको छ ।

सिआइबीले सोमबार राति पूर्वमन्त्री चन्द्रदेव जोशीलाई पक्राउ पुर्जी जारी गरेको बयान समेत लिएको छ । सिआइबीले आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान डा बाबुराम भट्टराईको बयान समेत लिएको थियो । डुम्बर श्रेष्ठको पनि बयान लिने प्रयास भइरहेको सिआइबीले जनाएको छ ।

सीआईबीले बयान लिनेहरुलाई सरकारी साक्षीको रुपमा राखिने जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मन्त्रिपरिषद्को निर्णयमा अधिकार क्षेत्र नरहेको भन्दै दुवै पूर्वप्रधानमन्त्रीलाई विपक्षी बनाएको छैन ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको छानबिन गर्न पत्र पठाएको थियो । सिआइबीका अनुसार अनुसन्धान लगभग सकिएको छ । ‘अनुसन्धान लगभग सकिएको छ, अब प्रतिवेदन बुझाइनेछ,’ सिआइबीका प्रवक्ता एसएसपी दिनेश आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 August 2023
Website | + posts