ललिता निवास प्रकरणमा सीआईबीले लियो पूर्वउपप्रधानमन्त्री गच्छदारको बयान

ललिता निवास प्रकरणमा सीआईबीले लियो पूर्वउपप्रधानमन्त्री गच्छदारको बयान : Icon Khabar

काठमाडौं, भदौ ५ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहको बयान लिएको छ ।

शाहको बयान केन्द्रीय कारागारमा लिइएको थियो भने गच्छदारलाई बयानका लागि सिआइबीमा बोलाइएको थियो । उनीहरुबाट सोमबार राति बयान लिइएको सिआइबी स्रोतले जनाएको छ ।

सिआइबीले सोमबार राति पूर्वमन्त्री चन्द्रदेव जोशीलाई पक्राउ पुर्जी जारी गरेको बयान समेत लिएको छ । सिआइबीले आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान डा बाबुराम भट्टराईको बयान समेत लिएको थियो । डुम्बर श्रेष्ठको पनि बयान लिने प्रयास भइरहेको सिआइबीले जनाएको छ ।

सीआईबीले बयान लिनेहरुलाई सरकारी साक्षीको रुपमा राखिने जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मन्त्रिपरिषद्को निर्णयमा अधिकार क्षेत्र नरहेको भन्दै दुवै पूर्वप्रधानमन्त्रीलाई विपक्षी बनाएको छैन ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको छानबिन गर्न पत्र पठाएको थियो । सिआइबीका अनुसार अनुसन्धान लगभग सकिएको छ । ‘अनुसन्धान लगभग सकिएको छ, अब प्रतिवेदन बुझाइनेछ,’ सिआइबीका प्रवक्ता एसएसपी दिनेश आचार्यले भने ।

Published Date: 22 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न