भक्तपुरमा आँखा पाक्ने रोगको उपचारका लागि स्वास्थ्य शिविर संचालन हुने

भक्तपुरमा आँखा पाक्ने रोगको उपचारका लागि स्वास्थ्य शिविर संचालन हुने : Icon Khabar

भक्तपुर, भदौ ३ । भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा ख्वप अस्पतालको प्राविधिक सहयोग तथा वडा नर्स, विद्यालय नर्स र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरी विद्यार्थीहरुबीच रोग सम्बन्धी सचेतना कार्यक्रम तथा संक्रमित विद्यार्थीहरुका लागि स्वास्थ्य उपचार शिविर संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले भक्तपुर नगरपालिकाले आँखा पाक्ने रोगबाट बच्ने उपाय सहितको सन्देशमूलक पर्चा प्रकाशन तथा अन्य सञ्चार माध्यमबाट जनचेतना जगाउने कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।

यस अघि भक्तपुर नगरपालिकाको आयोजनामा गत भदौ १ गते विभिन्न विद्यालय संगठनका प्रतिनिधिहरुसँग बैठक बसेको थियो । बैठकमा सहभागी विद्यालय संगठनका प्रतिनिधिहरुले नगरभित्रका विभिन्न विद्यालयहरुमा संक्रमितको संख्याबारे जानकारी दिदै विद्यालय बन्द गर्नु भन्दा आँखा पाक्ने रोगसम्बन्धी सचेतना कार्यक्रम संचालन र रोगबाट बच्ने उपाय सहितको पर्चा प्रकाशन गर्न उचित हुने सुझाव दिएका थिए। त्यसलाई ध्यानमा राखेर शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिले निर्णय गरेको हो ।

विद्यालय संगठनहरुमा संयुक्त परीक्षा समिति, सार्वजनिक परीक्षा समिति, आधारभूत तह परीक्षा समिति, प्याब्सन, एन प्याब्सन, इशानलगायतको उपस्थिति थियो ।

Published Date: 20 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक