भक्तपुरमा आँखा पाक्ने रोगको उपचारका लागि स्वास्थ्य शिविर संचालन हुने

भक्तपुरमा आँखा पाक्ने रोगको उपचारका लागि स्वास्थ्य शिविर संचालन हुने : Icon Khabar

भक्तपुर, भदौ ३ । भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा ख्वप अस्पतालको प्राविधिक सहयोग तथा वडा नर्स, विद्यालय नर्स र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरी विद्यार्थीहरुबीच रोग सम्बन्धी सचेतना कार्यक्रम तथा संक्रमित विद्यार्थीहरुका लागि स्वास्थ्य उपचार शिविर संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले भक्तपुर नगरपालिकाले आँखा पाक्ने रोगबाट बच्ने उपाय सहितको सन्देशमूलक पर्चा प्रकाशन तथा अन्य सञ्चार माध्यमबाट जनचेतना जगाउने कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।

यस अघि भक्तपुर नगरपालिकाको आयोजनामा गत भदौ १ गते विभिन्न विद्यालय संगठनका प्रतिनिधिहरुसँग बैठक बसेको थियो । बैठकमा सहभागी विद्यालय संगठनका प्रतिनिधिहरुले नगरभित्रका विभिन्न विद्यालयहरुमा संक्रमितको संख्याबारे जानकारी दिदै विद्यालय बन्द गर्नु भन्दा आँखा पाक्ने रोगसम्बन्धी सचेतना कार्यक्रम संचालन र रोगबाट बच्ने उपाय सहितको पर्चा प्रकाशन गर्न उचित हुने सुझाव दिएका थिए। त्यसलाई ध्यानमा राखेर शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिले निर्णय गरेको हो ।

विद्यालय संगठनहरुमा संयुक्त परीक्षा समिति, सार्वजनिक परीक्षा समिति, आधारभूत तह परीक्षा समिति, प्याब्सन, एन प्याब्सन, इशानलगायतको उपस्थिति थियो ।

Published Date: 20 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न