प्रतिनिधि सभाको बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने

प्रतिनिधि सभाको बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने : Icon Khabar

काठमाडौँ, भदौ ३ । आइतबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसद्का महासचिवद्वारा जारी सूचनामा उल्लेख छ । संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो ।

बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन ।

Published Date: 20 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न