स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने

स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने : Icon Khabar

काठमाडौं, साउन २८ । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनालले अष्ट्रेलियन स्केटबोर्डिंग फेडेरेशन तथा न्युजिल्यान्ड स्केटबोर्डिंग फेडेरेशनको संयुक्त आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा हुन गैरहेको ओसेनिया महासभामा सम्बोधन गर्ने कार्यक्रम तय  भएको छ । कार्यक्रम आगामी भदौ १० देखि २० गतेसम्म हुने महासभामा सम्बोधन गर्ने अध्यक्ष खनालले जनाएका छन् ।

उक्त कार्यक्रममा खनालले नेपालमा स्केटिङ्ग तथा स्केटबोर्डिंग खेलको सम्भावनाका बारेमा प्रस्तुती दिनुका साथै सहयोगका लागि आग्रह गर्ने छन् । सो कार्यक्रममा जापान, कोरिया, हङकङ, चीन, भारतलगायतका राष्ट्रको सहभागिता रहने अध्यक्ष खनालले जानकारी गराए ।

Published Date: 13 August 2023




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक