रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन

रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन : Icon Khabar

काठमाडौं, साउन २८ । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो ।

अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलको गोल सान्त्वना बन्यो । किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो । उनले माल्कोमको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिदा टोली थप समस्यामा पर्यो । अब्दुल्लाह अल एम्री सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, १० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले सुल्तान अल घनामको पासलाई सदुपयोग गरेका थिए ।

७८औं मिनेटमा अल नासरका अल बोउसेल पिच बाहिर नवाफ पनि रातो कार्ड खाँदै बाहिरियो । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए । अरब क्लब च्याम्पियन्स कपमा ३८ वर्षीय रोनाल्डोको यो छैटौं खेलमा खेलमा छैटौं गोल हो ।

उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिको सबै खेलमा गोल गर्न सफल भए । दुई गोल गरिसकेका रोनाल्डो ११५औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग