रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन

रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन : Icon Khabar

काठमाडौं, साउन २८ । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो ।

अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलको गोल सान्त्वना बन्यो । किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो । उनले माल्कोमको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिदा टोली थप समस्यामा पर्यो । अब्दुल्लाह अल एम्री सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, १० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले सुल्तान अल घनामको पासलाई सदुपयोग गरेका थिए ।

७८औं मिनेटमा अल नासरका अल बोउसेल पिच बाहिर नवाफ पनि रातो कार्ड खाँदै बाहिरियो । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए । अरब क्लब च्याम्पियन्स कपमा ३८ वर्षीय रोनाल्डोको यो छैटौं खेलमा खेलमा छैटौं गोल हो ।

उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिको सबै खेलमा गोल गर्न सफल भए । दुई गोल गरिसकेका रोनाल्डो ११५औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो ।–एजेन्सी

Published Date: 13 August 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु