जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनितादेवी मन्त्री बन्ने

जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनितादेवी मन्त्री बन्ने : Icon Khabar

काठमाडौं, साउन २७ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकामध्ये एक जनालाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउन लागिएको हो । माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले मन्त्री थप्ने विषय टुंगिन बाँकी रहेको बताए । ‘उहाँहरूले पहिला नै दिएको नाम हो, टुंगिसकेको छैन’, उनले भने, ‘विषय टुंगिए पनि मात्रै मन्त्री फिर्ता बोलाउने र थप्ने कुरा हुन्छ ।’

जनमत पार्टीका सांसद अब्दुल खानले भने भोलिसम्म सरकारमा सहभागी हुने जानकारी दिए । ‘हामीले यही मन्त्रालय चाहियो भनेका छैनौँ, उनले भने, ‘प्रधानमन्त्रीले जुन मन्त्रालय खाली गराउन सक्नुहुन्छ त्यसैमा जाने कुरा छ ।’ यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।
Published Date: 12 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न