गोलभेँडाको मूल्य घट्यो, हेर्नुहाेस् तरकारीकाे आजकाे बजारभाउ

गोलभेँडाको मूल्य घट्यो, हेर्नुहाेस् तरकारीकाे आजकाे बजारभाउ : Icon Khabar

काठमाडौं, साउन २६ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज काउलीको मूल्य हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले घटेर ५० रुपैयाँ तोकिएको छ ।

लोकल घिउसिमी ५० र तितो करेला ४० रुपैयाँ प्रतिकेजी बिक्री भएको छ । हरियो फर्सी ७०, रातो मूला ४०, मकै बोडी ७०, फर्सी पाकेको ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहको छ ।

नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा २० रुपैयाँले घटेको छ । गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १४० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर नै रहेर ६० रुपैयाँ कायम भएको छ ।

रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय ५४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ४०, भन्टा लाम्चो ३५, मकै बोडी ७०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ ।

तितो करेला ४०, लौका ५०, परवल ४०, घिरौला ३०, कन्ने च्याउ १८०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरियो प्याज ९० रुपैयाँ न्यूनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २००, तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

Published Date: 11 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न