काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ३ वटा विद्यालयलाइ रु ९० लाख रकम प्रदान

काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ३ वटा विद्यालयलाइ रु ९० लाख रकम प्रदान : Icon Khabar

काठमाडौँ, पुस २३ । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ३ वटा विद्यालयलाइ रु ९० लाख रकम प्रदान गरेको छ। प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश गर्नुपर्छ भन्ने हेतुले महानगर ले सो रकम प्रदान गरेको हो।

कामनपाले भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु. ३० लाखका दरले रकम उपलब्ध गराएको हो ।

प्रदान गरिएको सो रकमले थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामनपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

कामनपाले चालु आवमा नमुना विद्यालयको लागि रु. एक करोड बजेट विनियोजन गरेको थियो ।

Published Date: 07 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय