काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ३ वटा विद्यालयलाइ रु ९० लाख रकम प्रदान

काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ३ वटा विद्यालयलाइ रु ९० लाख रकम प्रदान : Icon Khabar

काठमाडौँ, पुस २३ । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ३ वटा विद्यालयलाइ रु ९० लाख रकम प्रदान गरेको छ। प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश गर्नुपर्छ भन्ने हेतुले महानगर ले सो रकम प्रदान गरेको हो।

कामनपाले भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु. ३० लाखका दरले रकम उपलब्ध गराएको हो ।

प्रदान गरिएको सो रकमले थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामनपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

कामनपाले चालु आवमा नमुना विद्यालयको लागि रु. एक करोड बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2023
Website | + posts