महिलामा विशेष रुपले देखिने यी हुन् क्यान्सरका लक्षण

महिलामा विशेष रुपले देखिने यी हुन् क्यान्सरका लक्षण : Icon Khabar

काठमाडौं, साउन ११ । क्यान्सर एउटा त्यस्तो घातक रोग हो, जुन पूर्ण रुपले हाम्रो क्षमता बाहिर हुन्छ । यो रोग वंशानुगत, उमेर र वातावरणजस्ता कारणले क्यान्सर सेल्स विकासको सम्भावना बढ्छ, जसले क्यान्सर रोग लाग्ने खतरा बढ्छ ।

यी कोषिका अनियन्त्रित विकासको नतीजा पनि हो । तर केहि क्यान्सर त्यस्ता हुन्छन्, जुन महिलामा विशेष रुपले खतरा रहन्छ ।

यद्यपि, शुरुवाती चरणमा क्यान्सरको पहिचान र बुझ्न अति नै महत्वपूर्ण छ । समयमा नै क्यान्सरको बारेमा थाहा भयो भने ज्यान बच्छ । क्यान्सरका त्यस्ता विभिन्न लक्षण छन्, जसलाई महिलाले बेवास्ता गर्नु हुँदैन ।

क्यान्सरमा महिलाले बेवास्ता गर्न नहुने लक्षण

स्तनमा असामान्य गाँठो
स्तनमा कुनै असामान्य गाँठो, मोटो हुनु अथवा निप्पलमा परिवर्तन जस्तै स्तनबाट पिप जस्तो तरल पदार्थ बग्नु, निप्पल तल फर्केको देखिएमा तुरुन्त डाक्टरलाई जँचाउनु पर्छ ।

असामान्य रक्तस्राव
महिनावारी सुकिसकेपछि पनि रक्तस्राव, बढी मात्रामा र लामो समय रगत बग्नु, महिनावारीको समयमा रक्तस्रावको मुल्यांकन गर्नु आवश्यक छ ।

पेट अथवा पेल्भिक दुखाई
पेट अथवा पेल्भिकमा लगातार अथवा गम्भीर रुपमा दुख्नु क्यान्सरको लक्षण हुन सक्छ । डिम्बग्रन्थि अथवा अन्य प्रजनन क्यान्सर यसको कारण हुनसक्छ ।

आन्द्रा अथवा मूत्राशयको कार्यमा परिवर्तन
यदि तपाईं आन्द्रा अथवा मूत्राशयको कार्यमा कुनै परिवर्तन आएको अनुभव गर्नु हुन्छ, जस्तै कब्जियत, पखाला अथवा पिशाव फेर्न कठिनाई, यो कोलोरेक्टल अथवा मूत्राशयको क्यान्सरको संकेत हुनसक्छ ।

बिना कारण तौल कम हुनु
यदि कुनै पनि प्रयास बिना नै तपाईंको शरीरको तौल कम भैरहेको छ भने यो क्यान्सरको लक्षण हुनसक्छ । विशेषगरी यदि तपाईंलाई भोक कम लाग्छ अथवा थकान महसुस भैरहन्छ ।

छालामा परिवर्तन
कोठी अथवा अन्य छालामा आएका घाउको दागको रंग, आकार अथवा आकृतिमा कुनै पनि परिवर्तन देखियो भने छाला रोग विशेषणद्वारा परिक्षण गराउनु अनिवार्य हुन्छ ।

लगातार खोकी लाग्नु अथवा आवाज भारी हुनु
यस्तो खोकी, जुन एक महिनाभन्दा लामो समयदेखि लागिरहेको छ अथवा दुई हप्ताभन्दा लामो समयसम्म स्वर भासिएको छ भने त्यसले फोक्सोको क्यान्सरको संकेत गर्छ ।

यदि तपाईंले यीमध्ये कुनै पनि लक्षण अनुभव गर्नु हुन्छ भने, यसका बारेमा निश्चित हुनका लागि तत्काल डाक्टरसंग भेटेर परामर्श लिनु अनिवार्य छ ।

Published Date: 27 July 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी