साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि : Icon Khabar

काठमाडौँ, पुस २१। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८.०९ अंक बढेर २१४३.७६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। यस दिन २५९ स्टकको ७१ हजार ८१६ पटकको कारोबारमा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम करिब ११ महिना यताकै उच्च हो। यसअघि २०७८ फागुन १ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

बिहीबार चन्द्रागिरी हिल्स, बुद्धभुमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशील लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, इष्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोडभन्दा बढिको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमाल दोलखा हाइड्रोपावर र एनआईसी एशियाको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ उपसमूहमध्ये बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेको छ भने बाँकी उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.७५ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2023
Website | + posts