कमलविनायक पोलिक्लिनिकको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कमलविनायक पोलिक्लिनिकको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ६ । भक्तपुरको लान्चाफल्चा भत्केपाटीमा आजबाट औपचारिक रूपमा कमलविनायक पोलिक्लिनिक संचालनमा आएको अवसरमा आज क्लिनिकले कमलविनायकमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ, जनरल मेडिसिन, वालरोग विशेषज्ञ, जनरल सर्जरीलगायतका विशेषज्ञ सेवाहरु दिइएको थियो । आवश्यक विरामीहरुलाई निशुल्क औषधि वितरण पनि गरिएको थियो।

सो शिविरमा तीन सय ६० जना भन्दा बढि विरामीहरुले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेको थियो। भक्तपुर नगर सँगै जिल्लाको विभिन्न ठाउँहरु छालिंग, दुवाकोट, सुडाल, ताथलीबाट विरामीहरुले सेवा लिएका थिए। बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म संचालन भएको उक्त शिविरमा १२ जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए।

सामाजिक उतरदायित्व अन्तर्गत जिल्लावासीको स्वास्थ्य सुधारका लागि जिल्लाका विभिन्न ठाउँंहरुमा महिना वा दुई महिनामा एक पटक गरेर निरन्तर यस्ता शिविरहरु सञ्चालन गर्दै जाने योजना रहेको पोलिक्लिनिकका प्रबन्ध निर्देशक डा विवेक बासुकलाले बताए।

 

Published Date: 22 July 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली