नेसपामा मानुषीको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन

नेसपामा मानुषीको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन : Icon Khabar

काठमाडौं, श्रावण २ । नेपाल समाजवादी पार्टीमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ । मानुषी यमी भट्टराईको नेतृत्वमा विभाग गठन भएको हो ।

विभागले पार्टी संगठनका अभिलेखहरु डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य लिएको छ ।

नेसपाका अनुसार पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदि मार्फत् डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्राण्डिङमा सहयोग गर्ने विभागको मुख्य काम हुनेछ ।

निर्धारित उद्देश्य पूरा गर्न पालिका तहसम्म विभागमा रहेर सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्न सक्ने सक्षम व्यक्ति पहिचान गर्ने, आधिकारिक वेबसाईट, युट्युव च्यानल, सामाजिक सञ्जाल एकाउन्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानुन निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने कार्य गर्ने नेसपाले बताएको छ ।

Published Date: 18 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु