नेसपामा मानुषीको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन

नेसपामा मानुषीको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन : Icon Khabar

काठमाडौं, श्रावण २ । नेपाल समाजवादी पार्टीमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ । मानुषी यमी भट्टराईको नेतृत्वमा विभाग गठन भएको हो ।

विभागले पार्टी संगठनका अभिलेखहरु डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य लिएको छ ।

नेसपाका अनुसार पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदि मार्फत् डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्राण्डिङमा सहयोग गर्ने विभागको मुख्य काम हुनेछ ।

निर्धारित उद्देश्य पूरा गर्न पालिका तहसम्म विभागमा रहेर सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्न सक्ने सक्षम व्यक्ति पहिचान गर्ने, आधिकारिक वेबसाईट, युट्युव च्यानल, सामाजिक सञ्जाल एकाउन्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानुन निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने कार्य गर्ने नेसपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने