बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपालले जित्यो

बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपालले जित्यो : Icon Khabar

ढाका, असार ३१ । बंगलादेशसँगको दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल श्रृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय टोली विजयी भएको छ ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा नेपाल ४-२ ले विजयी भयो । यसअघि पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

नेपालका लागि टाइब्रेकरमा सावित्रा भण्डारी र हिरा भुजेलले सुरुवाती दुई प्रहारमा गोल गरिन् ।बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहार गोल गर्दा गोलरक्षक अन्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहार विफल पारिन् ।

नेपालका लागि अन्जना रानामगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल नहुँदा उनले मारिया मान्डाको प्रहार विफल पारिन् । दिपा शाहीले नेपालको लागि चौथो प्रहार गोल भएको थियो । बंगलादेशका लागि मोनिका चक्माले चौथो प्रहारमा गोल गरिन् । अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दै नेपालको जित पक्का गरिन् ।

खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेन । खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन् ।

खेलको ४३ औं मिनेटमा सावित्रा भण्डारीको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाईन् । खेलको ४४ औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाइन् ।

खेलको ८२ औं मिनेटमा सवित्रा भण्डारीको फ्रिकीक गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो ।
नेपाल र बंगलादेशले पहिलो मैत्रीपुर्ण खेलमा १–१ को बराबरी गरेका थिए । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो।

Published Date: 16 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु