फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि, सबैभन्दा धेरै कोरियाली पर्यटक

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि, सबैभन्दा धेरै कोरियाली पर्यटक : Icon Khabar

मनिला, असार २६ । फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेकाे तथ्याङ्कले देखाएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छ भने अमेरिकाबाट पाँच लाख १६ हजार तीन सय १८ जना पाहुना आएका छन् ।

अष्ट्रेलियाबाट एक लाख २९ हजार सात सय पाँच जना, जापानबाट एक लाख २८ हजार ८१, क्यानडाबाट एक लाख २४ हजार पाँच सय १० र चीनबाट एक लाख १४ हजार छ सय ६३ जना पर्यटकले फिलिपिन्स भ्रमण गरेकाे विभागले जनाएको छ ।

गत महिना फिलिपिन्स सरकारले विद्युतीय प्रवेशाज्ञा जारी गर्ने घोषणा गरेसँगै पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भएको छ । हालसम्म २५ लाखभन्दा बढी विदेशी पर्यटकलाई फिलिपिन्समा स्वागत गरिएको प्रतिनिधिसभाका सदस्य एवम् पर्यटन समितिका उपाध्यक्ष मार्भिन रिलोले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने