फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि, सबैभन्दा धेरै कोरियाली पर्यटक

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि, सबैभन्दा धेरै कोरियाली पर्यटक : Icon Khabar

मनिला, असार २६ । फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेकाे तथ्याङ्कले देखाएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छ भने अमेरिकाबाट पाँच लाख १६ हजार तीन सय १८ जना पाहुना आएका छन् ।

अष्ट्रेलियाबाट एक लाख २९ हजार सात सय पाँच जना, जापानबाट एक लाख २८ हजार ८१, क्यानडाबाट एक लाख २४ हजार पाँच सय १० र चीनबाट एक लाख १४ हजार छ सय ६३ जना पर्यटकले फिलिपिन्स भ्रमण गरेकाे विभागले जनाएको छ ।

गत महिना फिलिपिन्स सरकारले विद्युतीय प्रवेशाज्ञा जारी गर्ने घोषणा गरेसँगै पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भएको छ । हालसम्म २५ लाखभन्दा बढी विदेशी पर्यटकलाई फिलिपिन्समा स्वागत गरिएको प्रतिनिधिसभाका सदस्य एवम् पर्यटन समितिका उपाध्यक्ष मार्भिन रिलोले बताएका छन् ।

Published Date: 11 July 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर