प्रचण्ड र देउवासँगको वार्तापछि बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै

प्रचण्ड र देउवासँगको वार्तापछि बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै : Icon Khabar

काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्ता सकिएलगत्तै एमाले संसदीय दलको बैठक बस्दैछ । एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्न लागेको हो ।

संसद्को अवरोधबारे पार्टीको थप रणनीति बनाउन संसदीय दलको बैठक बस्न लागेको एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् । केहीबेर अघि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद्का दुवै सदन अवरुद्ध गर्दै आइरहेको छ । प्रतिनिधिसभाको बैठक आज ३ बजे बोलाइएको छ । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् ।

बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताएका थिए । सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति