पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडामा यात्रु बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडामा यात्रु बस दुर्घटना हुँदा ३७ जना घाइते : Icon Khabar

हेटौँडा, असार १५ । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।

नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो।

बस दुर्घटनामा घाइते भएकामध्ये १० जनाको चुरे हिल अस्पतालमा र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।

गौतमका अनुसार बस चालक भने सम्पर्कमा छैनन्।

Published Date: 30 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु