पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बस्दै

पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बस्दै : Icon Khabar

पोखरा, असार १५ । गण्डकी प्रदेश सरकारको नेतृत्वमा आज सातै प्रदेशका मुख्यमन्त्रीको बैठक पोखरामा बस्दैछ ।

बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिए । उनले मुख्यमन्त्रीहरुबीच छलफल र अन्तरक्रिया हुने बताए । बैठकमा प्रदेशबीच अनुभव आदानप्रदान, संविधानबमोजिम प्रदेशले पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ ।

यसअघि जेठ १० गते मुख्यमन्त्रीको बैठक बस्ने भनिएपनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण बैठक स्थगित भएको थियो । बैठक दोस्रो पटक बस्न लागेको हो ।

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा २०७४ भदौ २२ र २३ गते सातवटै प्रदेशका मुख्यमन्त्रीको पहिलो सम्मेलन भएको थियो । सम्मेलनले आठ बुँदे घोषणापत्र समेत जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने