पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बस्दै

पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बस्दै : Icon Khabar

पोखरा, असार १५ । गण्डकी प्रदेश सरकारको नेतृत्वमा आज सातै प्रदेशका मुख्यमन्त्रीको बैठक पोखरामा बस्दैछ ।

बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिए । उनले मुख्यमन्त्रीहरुबीच छलफल र अन्तरक्रिया हुने बताए । बैठकमा प्रदेशबीच अनुभव आदानप्रदान, संविधानबमोजिम प्रदेशले पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ ।

यसअघि जेठ १० गते मुख्यमन्त्रीको बैठक बस्ने भनिएपनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण बैठक स्थगित भएको थियो । बैठक दोस्रो पटक बस्न लागेको हो ।

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा २०७४ भदौ २२ र २३ गते सातवटै प्रदेशका मुख्यमन्त्रीको पहिलो सम्मेलन भएको थियो । सम्मेलनले आठ बुँदे घोषणापत्र समेत जारी गरेको थियो ।

Published Date: 30 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग