उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगे

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगे : Icon Khabar

काठमाडौं, असार १३ । चीनको पाँच दिने भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

उनलाई आज चेङ्दु टियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान पिपुल्स गभर्नमेन्टका उपमहासचिव देङ सियाओगाङ र नेपालका महावाणिज्य दूतावास दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार वेस्ट चाइना इन्टरनेशनल फेयर (डब्लुसीआईएफ) को उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ भने दिउँसो छेन्दु र सिचुवान सहरको प्लानिङ एक्जिबिशन हलमा गएर प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ ।

शुक्रबार उनले सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटघाट गर्ने र त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार यिन्डियु भूकम्प, जिङपुस्थित ‘हाइड्रो जंक्शन’ र दुजियाङयानमा सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थान आयोजनाको भ्रमण गर्नेछन् ।

उनी सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गरेका हुन् ।

Published Date: 28 June 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय