उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगे

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगे : Icon Khabar

काठमाडौं, असार १३ । चीनको पाँच दिने भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

उनलाई आज चेङ्दु टियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान पिपुल्स गभर्नमेन्टका उपमहासचिव देङ सियाओगाङ र नेपालका महावाणिज्य दूतावास दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार वेस्ट चाइना इन्टरनेशनल फेयर (डब्लुसीआईएफ) को उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ भने दिउँसो छेन्दु र सिचुवान सहरको प्लानिङ एक्जिबिशन हलमा गएर प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ ।

शुक्रबार उनले सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटघाट गर्ने र त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार यिन्डियु भूकम्प, जिङपुस्थित ‘हाइड्रो जंक्शन’ र दुजियाङयानमा सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थान आयोजनाको भ्रमण गर्नेछन् ।

उनी सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गरेका हुन् ।

Published Date: 28 June 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक