सहकारी संस्थाहरुलाई सदस्य केन्द्रित भएर सञ्चालन गर्न बालेनको अनुरोध

सहकारी संस्थाहरुलाई सदस्य केन्द्रित भएर सञ्चालन गर्न बालेनको अनुरोध : Icon Khabar

काठमाडौँ, असार १३ । काठमाडौं महानगरपालिकाले प्रमुख बालेन्द्र साह (बालेन)ले सहकारी संस्थाहरुलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्य केन्द्रित भएर सञ्चालन गर्न अनुरोध गरेका छन् ।

शाहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सहकारी संकटग्रस्त हुनबाट बचाउन सहकारी संस्थाका शेयर तथा बचतकर्तालाई अनुरोध गरेका हुन ।

मेयर शाहाले भने, ‘बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।’

सहकारी संस्थाहरु बैंक होइनन । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन। सहकारी सुशासनका लागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक रहेको शाहको धारणा छ ।

साथै, काठमाडौं महानगरपालिकाले आजको महिना दिन भित्रमा सहकारी संस्थाहरुले विवरण बुझाउनको लागि सुचना सार्वजनिक गरेको छ । सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायत तोकिएको विवरण समयमा नै बुझाउन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2023
Website | + posts