साफ च्याम्पियनसिप, कुवेतविरुद्ध इतिहास रच्ने दाउमा नेपाल

साफ च्याम्पियनसिप, कुवेतविरुद्ध इतिहास रच्ने दाउमा नेपाल : Icon Khabar

काठमाडौं, असार ६ । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । खेल भारतको बेंगलोरस्थित कन्तिराभा रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल गत विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेर चार दिनअघि भारत आइपुगेको हो । फिलिपिन्ससँग १-० को हार बेहोरेपनि नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेको थियो । यता कुवेतले पनि साफका लागि राम्रो तयारी गरेको छ । दुई अनौपचारिक मैत्रीपूर्ण खेलमा अफ्रिकी टोलीलाई हराएको कुवेत नेपालविरुद्ध आफ्नो वर्चस्व कायम गर्न चाहन्छ ।

कुवेतले अहिलेसम्म नेपालविरुद्ध हार बेहोरेको छैन । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोक्नु नै कुवेतविरुद्ध नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । नेपाल पछिल्लो भेटमा भने कुवेतसँग ४-१ ले पराजित भएको थियो ।

त्यसयता नेपाली टोलीमा धेरै परिवर्तन आएको छ । प्रशिक्षक अनेसेले पनि कुवेतसँग सतर्कताका साथ खेल्ने अनुमान लगाउन सकिन्छ । आजको खेलमा अंक हासिल गर्न सके नेपालले राम्रो सुरुवात गरेको मान्न सकिन्छ ।

Published Date: 21 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग