साफ च्याम्पियनसिप, कुवेतविरुद्ध इतिहास रच्ने दाउमा नेपाल

साफ च्याम्पियनसिप, कुवेतविरुद्ध इतिहास रच्ने दाउमा नेपाल : Icon Khabar

काठमाडौं, असार ६ । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । खेल भारतको बेंगलोरस्थित कन्तिराभा रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल गत विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेर चार दिनअघि भारत आइपुगेको हो । फिलिपिन्ससँग १-० को हार बेहोरेपनि नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेको थियो । यता कुवेतले पनि साफका लागि राम्रो तयारी गरेको छ । दुई अनौपचारिक मैत्रीपूर्ण खेलमा अफ्रिकी टोलीलाई हराएको कुवेत नेपालविरुद्ध आफ्नो वर्चस्व कायम गर्न चाहन्छ ।

कुवेतले अहिलेसम्म नेपालविरुद्ध हार बेहोरेको छैन । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोक्नु नै कुवेतविरुद्ध नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । नेपाल पछिल्लो भेटमा भने कुवेतसँग ४-१ ले पराजित भएको थियो ।

त्यसयता नेपाली टोलीमा धेरै परिवर्तन आएको छ । प्रशिक्षक अनेसेले पनि कुवेतसँग सतर्कताका साथ खेल्ने अनुमान लगाउन सकिन्छ । आजको खेलमा अंक हासिल गर्न सके नेपालले राम्रो सुरुवात गरेको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने