स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर घटायो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर घटायो : Icon Khabar

काठमाडौँ, जेठ ३२ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर घटाएको छ। बैंकले असार महिनाको लागि मुद्दति निक्षेपमा ब्याजदर घटाएको हो।

बैंकले मुद्दति निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु घटाएको हो। बैंकले जेठ महिनामा ८.९९ प्रतिशत रहेको ९१ दिनको मुद्दति निक्षेपको ब्याजदर घटाएर ७.९९ प्रतिशतमा झारेको छ। त्यसैगरी, बैंकले १२१ देखि ३६४ दिनको मुद्दति निक्षेप तथा १ वर्षभन्दा बढी अवधिको निक्षेपको ब्याजदर ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशतमा झरेको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ७.९९ प्रतिशतबाट घटेर ६.९९ प्रतिशतमा झारेको छ।

Published Date: 15 June 2023


ताजा
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग