स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर घटायो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर घटायो : Icon Khabar

काठमाडौँ, जेठ ३२ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर घटाएको छ। बैंकले असार महिनाको लागि मुद्दति निक्षेपमा ब्याजदर घटाएको हो।

बैंकले मुद्दति निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु घटाएको हो। बैंकले जेठ महिनामा ८.९९ प्रतिशत रहेको ९१ दिनको मुद्दति निक्षेपको ब्याजदर घटाएर ७.९९ प्रतिशतमा झारेको छ। त्यसैगरी, बैंकले १२१ देखि ३६४ दिनको मुद्दति निक्षेप तथा १ वर्षभन्दा बढी अवधिको निक्षेपको ब्याजदर ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशतमा झरेको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ७.९९ प्रतिशतबाट घटेर ६.९९ प्रतिशतमा झारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts