आज काठमाडौं उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस मापन, अझै केही दिन बढ्ने सम्भावना

आज काठमाडौं उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस मापन, अझै केही दिन बढ्ने सम्भावना : Icon Khabar

काठमाडौं, जेठ २० । अहिले काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धिको क्रम जारी रहेको छ । केही दिनयता बढेको गर्मी अझै केही दिन नघट्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गर्मी अझै केही दिन बढ्ने सम्भावना छ ।

मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौंको तापक्रम काठमाडौं उपत्यका छ । अझै केही दिन यो क्रम बढ्ने सम्भावना रहेको उनले बताए । काठमाडौंमा विगतका वर्षहरूमा जुन महिनामा सरदर तापक्रम २९.२ डिग्री सेल्सियस मात्र तापक्रम हुनेगरेकोमा यस पटक बढेर ३२ डिग्री सेल्सियस पुगिसकेको छ।

काठमाडौंमा विगतका वर्षहरुमा जुन महिनामा सरदर तापक्रम २९.२ डिग्री सेल्सियस मात्र तापक्रम हुनेगरेकोमा यस पटक बढेर ३२ डिग्री सेल्सियस पुगिसकेको छ।
उनले भने, “गत वर्षका सबैभन्दा बढी गर्मी हुने जुन महिनामा काठमाडौंको सरदर तापक्रम २९.२ डिग्री सेल्सियस थियो । यसपालि ३२ डिग्री सेल्सियस पुगेको छ । यो अझै बढ्ने क्रममै छ ।”

उनका अनुसार अझै केही दिन उपत्यकाको तापक्रम बढ्ने सम्भावना रहेकाले यो बढेर ३४–३५ डिग्री सेल्सियस पुग्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग स्थापना भएपश्चात् निरन्तर तापक्रम मापन हुँदैआएकोमा काठमाडौंमा सबैभन्दा बढी तापक्रम ३५.२ डिग्री सेल्सियस मापन गरिएको तथ्याङ्क छ । मौसमविद् झाका अनुसार सन् २०१२ जुन १३ मा अहिलेसम्मकै उच्च ३५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

यसवर्ष पनि काठमाडौंमा सोही हाराहारीको तापक्रम पुग्ने सम्भावना रहेको उनको भनाइ छ । काठमाडौंको तापक्रम बढी हुनुमा वातावरण प्रदूषण र यहाँको बाक्लो बस्ती पनि कारक रहेको उनले बताए । यसवर्ष देशको सबै क्षेत्रको तापक्रम सरदरभन्दा ३ देखि ५ डिग्री सेल्सियस बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

मौसमविद् झाका अनुसार सन् २०१२ जुन १३ मा अहिलेसम्मकै उच्च ३५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
भैरहवा, सिमरालगायतका क्षेत्रहरूमा ४२ डिग्री तापक्रम मापन गरिएको छ । गौरको अधिकतम तापक्रम झन्डै ४३ डिग्री मापन गरिएको मौसमविद् झाले बताए ।

हिजो सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । पश्चिमी बायु र स्थानीय वायुको प्रभाव नरहेका कारण तत्काल पानी पर्ने सम्भावना नरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2023
ताजा
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न
मौसम पूर्वानुमान : यी स्थानहरुमा वर्षाको सम्भावना
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व
मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो