निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न रास्वपाको माग

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न रास्वपाको माग : Icon Khabar

काठमाडौं, जेठ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै सङ्घीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

रास्वपाका सांसदहरूले सार्वजनिक स्रोतको सही सदुपयोग हुन नसक्ने तर्क गर्दै कार्यक्रमका लागि बजेट विनियोजन तत्काल रोक्न अर्थ मन्त्रालयलाई आग्रह गरेका छन् ।

रास्वपाका उपाध्यक्ष तथा सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष झालगायतले संसदीय सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका थिए ।

“आर्थिक रूपमा कठिन समयमा यस्तो कार्यक्रम सञ्चालन गर्दा सर्वसाधारणमा आर्थिक बोझ थपिनेछ। यसले बजेटको विश्वसनीयतामा प्रश्न खडा गरेको छ,” प्रस्तावमा भनिएको छ।

रास्वपाले सरकारलाई कार्यक्रम खारेज गरी अन्य विकासका लागि आफ्नो स्रोतसाधन प्रयोग गर्न आग्रह गरेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्ताव गरिएको पूर्वाधार विकास कोष खारेज गर्न माग गर्दै प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । ।

संघका अध्यक्ष समिक बडाल नेतृत्वको टोलीले सभामुख घिमिरेलाई सिंहदरबारमा ज्ञापनपत्र बुझाएको हो ।

Published Date: 02 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग