निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न रास्वपाको माग

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न रास्वपाको माग : Icon Khabar

काठमाडौं, जेठ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै सङ्घीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

रास्वपाका सांसदहरूले सार्वजनिक स्रोतको सही सदुपयोग हुन नसक्ने तर्क गर्दै कार्यक्रमका लागि बजेट विनियोजन तत्काल रोक्न अर्थ मन्त्रालयलाई आग्रह गरेका छन् ।

रास्वपाका उपाध्यक्ष तथा सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष झालगायतले संसदीय सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका थिए ।

“आर्थिक रूपमा कठिन समयमा यस्तो कार्यक्रम सञ्चालन गर्दा सर्वसाधारणमा आर्थिक बोझ थपिनेछ। यसले बजेटको विश्वसनीयतामा प्रश्न खडा गरेको छ,” प्रस्तावमा भनिएको छ।

रास्वपाले सरकारलाई कार्यक्रम खारेज गरी अन्य विकासका लागि आफ्नो स्रोतसाधन प्रयोग गर्न आग्रह गरेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्ताव गरिएको पूर्वाधार विकास कोष खारेज गर्न माग गर्दै प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । ।

संघका अध्यक्ष समिक बडाल नेतृत्वको टोलीले सभामुख घिमिरेलाई सिंहदरबारमा ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2023
Website | + posts




ताजा
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो
कोरिया सरकारले नेपालमा छुट्टै भिसा सेन्टर स्थापना गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)