टीभीएस को चयाम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी

टीभीएस को चयाम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी : Icon Khabar

काठमाडौँ, जेठ १५ । नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि ले नयाँ बर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ ।

नयाँ बर्ष २०८० को अवसर अन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा रु ८००० को स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा रु ५००० मुल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ ।

त्यसका साथै ० % ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ । सिमित अवधिका लागि लागु भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने भएको छ र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्ता सँग केवल तीन दिन मात्र बाँकी रहने छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको छ ।

Published Date: 29 May 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता