शक्तिशाली चक्रवात बङ्ग्लादेश र म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश, चेतावनी स्वरूप रातो झन्डा उठाइयो

शक्तिशाली चक्रवात बङ्ग्लादेश र म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश, चेतावनी स्वरूप रातो झन्डा उठाइयो : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । प्रतिघण्टा दुई सय किलोमिटर भन्दा बढी वेगको आँधीसहितको एउटा शक्तिशाली चक्रवात बङ्ग्लादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ।

म्यान्मारको सित्वेमा मोका चक्रवातका कारण विद्युत् र वाईफाई सेवा अवरुद्ध भएको छ। रूखहरू ढलेका छन् भने एउटा टेलिफोन टावर क्षतिग्रस्त भएको छ। बाङ्ग्लादेशको कोक्स बजारमा कम्तीमा दुई लाख मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्।

मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन्। कोक्स बजारस्थित शरणार्थी शिविरमा बस्ने रोहिन्ज्या शरणार्थीहरूको सुरक्षालाई लिएर भने चिन्ताहरू व्यक्त भएका छन्।

एकदमै खतरनाक हुनसक्ने ठानिएको उक्त चक्रवातअघि दक्षिणपूर्वी बाङ्ग्लादेशमा झन्डै ५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

यसअघि सो चक्रवात १७० किलोमिटर प्रतिघण्टाको वेगले मध्यदिनमा जमिनमा बज्रिने र हावाहुरी र आँधीले १२ फिटसम्म उचाइ लिनसक्ने भनिएको थियो। कोक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि त्यसको प्रभाव पर्नसक्ने चिन्ताहरू व्यक्त भएका छन्।

उक्त अस्थायी शिविरमा करिब १० लाख मानिसहरूको बसोबास छ। शिविर क्षेत्रमा पानी पर्न थालेको छ र त्यहाँ चेतावनी स्वरूप रातो झन्डा उठाइएको छ।

नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उक्त शक्तिशाली चक्रवात उत्तरपूर्वी दिशातर्फ उन्मुख हुँदै बाङ्ग्लादेश तथा म्यान्मारको तटीय क्षेत्रतर्फ प्रवेश गरिरहेकाले नेपालमा उल्लेखनीय प्रभाव नदेखिने जनाएको छ। -बीबीसी

Published Date: 14 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर