शक्तिशाली चक्रवात बङ्ग्लादेश र म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश, चेतावनी स्वरूप रातो झन्डा उठाइयो

शक्तिशाली चक्रवात बङ्ग्लादेश र म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश, चेतावनी स्वरूप रातो झन्डा उठाइयो : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । प्रतिघण्टा दुई सय किलोमिटर भन्दा बढी वेगको आँधीसहितको एउटा शक्तिशाली चक्रवात बङ्ग्लादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ।

म्यान्मारको सित्वेमा मोका चक्रवातका कारण विद्युत् र वाईफाई सेवा अवरुद्ध भएको छ। रूखहरू ढलेका छन् भने एउटा टेलिफोन टावर क्षतिग्रस्त भएको छ। बाङ्ग्लादेशको कोक्स बजारमा कम्तीमा दुई लाख मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्।

मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन्। कोक्स बजारस्थित शरणार्थी शिविरमा बस्ने रोहिन्ज्या शरणार्थीहरूको सुरक्षालाई लिएर भने चिन्ताहरू व्यक्त भएका छन्।

एकदमै खतरनाक हुनसक्ने ठानिएको उक्त चक्रवातअघि दक्षिणपूर्वी बाङ्ग्लादेशमा झन्डै ५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

यसअघि सो चक्रवात १७० किलोमिटर प्रतिघण्टाको वेगले मध्यदिनमा जमिनमा बज्रिने र हावाहुरी र आँधीले १२ फिटसम्म उचाइ लिनसक्ने भनिएको थियो। कोक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि त्यसको प्रभाव पर्नसक्ने चिन्ताहरू व्यक्त भएका छन्।

उक्त अस्थायी शिविरमा करिब १० लाख मानिसहरूको बसोबास छ। शिविर क्षेत्रमा पानी पर्न थालेको छ र त्यहाँ चेतावनी स्वरूप रातो झन्डा उठाइएको छ।

नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उक्त शक्तिशाली चक्रवात उत्तरपूर्वी दिशातर्फ उन्मुख हुँदै बाङ्ग्लादेश तथा म्यान्मारको तटीय क्षेत्रतर्फ प्रवेश गरिरहेकाले नेपालमा उल्लेखनीय प्रभाव नदेखिने जनाएको छ। -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)