तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकियो

तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकियो : Icon Khabar

काठमाडौं, वैशाख ३१ । संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर छलफल भएको हो ।

चलिरहेको संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा सत्य निरुपण तथा मेलमिलाप विधेयकलाई यथाशीघ्र निष्कर्षमा पुर्याउन संसदीय उपसमिति गठन, सहमतिका आधारमा संसदीय विषयगत समितिको नेतृत्व र प्रतिनिधित्वबारे निर्णय गर्ने, संसदीय सुनुवाइ समिति गठनलगायत विषयमा छलफल भएको थियो ।

‘आज धेरै सकारात्मक छलफल भएको छ, संसदको बजेट अधिवेशन चलिरहेको छ, संसदलाई प्रभावकारी बनाउन सौहार्दपूर्ण ढंगले अगाडि बढ्ने विषयमा छलफल भएको छ,’ प्रमुख सचेतक पाण्डेले भने ।

उनका अनुसार बैठकमा संसदीय विषयगत समितिहरू गठन हुन बाँकी रहेकाले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो ।

‘संसदीय सुनुवाइ समिति पनि बन्न सकेको छैन, सहमतिमा संसद्को काम कारबाही अगाडि बढाउने पक्षमा छौं, छिट्टै निष्कर्षमा पुग्छौं,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का नेताहरु सहभागी थिए ।

Published Date: 14 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी