बिहिबार नेप्से परिसूचकमा सामान्य अंक ३.३४ को गिरावट

बिहिबार नेप्से परिसूचकमा सामान्य अंक ३.३४ को गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख २८ । बिहिबार नेप्से परिसूचक ३.३४ अंक घटेर १८३८.५९ विन्दुमा बन्द भएको छ।

योसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २५९ स्टकको १६ हजार २०४ पटकको कारोबारमा ५७ करोड ८४ लाख रुपयाँ बराबरको २१ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts