गर्मीमा फलफूल किन खाने ?

गर्मीमा फलफूल किन खाने ? : Icon Khabar

काठमाडौँ, वैशाख २८ । केही दिनयता देशभर नै गर्मी बढेको छ । यस्तो गर्मीको समयमा शरीरलाई शीतल दिन फलफूल खानु लाभदायक मानिन्छ । दैनिकजसो फलफूल खान सके यसले शरीरलाई शीतल दिनुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

धेरैजसो फलफूलमा पानीको मात्रा बढी हुन्छ । पानीको मात्रा बढी भएका फलफूल गर्मीको समयमा खानु निकै फाइदाजनक हुने डाक्टरहरु बताउँछन् ।डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीर सुख्खा हुने भएकाले शरीरमा पानी धेरै चाहिन्छ ।

गर्मीमा पसिना धेरै बग्ने हुँदा पानीको मात्रा कम हुन्छ, फलफूलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ ।

फलफूलले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्ने हुँदा गर्मीको समयमा पानीको मात्रा बढी हुने काँक्रो, खरबुजा, मेवा, स्याउ लगायतका फलफूल खान डाक्टरहरुको सल्लाह छ ।

यसमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन अत्याधिक पाइने हुँदा काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।

खरबुजा गर्मीयाममा निकै खाइन्छ । यसमा पानीको मात्रा धेरै हुन्छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ, जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । खरबुजा खान सके रक्तचापलाई सामान्य राख्छ, फाइबर प्रशस्त मात्रामा पाइने हुँदा यसले पाचन तन्त्रलाई पनि सुधार्न मद्दत गर्छ ।

मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर पनि प्रशस्तै पाइन्छ । यसले शरीरलाई सितलता प्रदान गर्नुको साथै पाचन प्रक्रियामा रहेका समस्या हटाउन र कमलपित्त, हर्निया, कोलेस्ट्रोल तथा मुटुरोगीका लागि समेत निकै फाइदाजनक हुन्छ । मेवामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलित बनाउन मद्दत पनि गर्दछ ।

स्याउ धेरै फाइदाजनक फलफूलमा पर्दछ । स्याउ खानाले शरीरमा शीतलतासँगै मिर्गौलामा हुने पत्थरीबाट पनि बचाउने डाक्टरहरु बताउँछन् । त्यस्तै कब्जियत वा ग्यास्ट्रिकको समस्याका लागि पनि स्याउ खानु फाइदाजनक मानिन्छ । स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ । स्याउको सेवनले अल्जाइमरबाट बचाउँछ । दम रोगीको लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा पाइने तत्वले शरीरमा ग्लुकोजको कमीलाई पूरा गर्दछ र मधुमेहको खतरालाई कम गर्दछ ।

Published Date: 11 May 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली