वाणिज्य बैंकहरुले आगामी जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने

वाणिज्य बैंकहरुले आगामी जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने : Icon Khabar

काठमाडौँ, वैशाख २८ । जेठमा नेपालमा वाणिज्य बैंकहरुले आगामी जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। बैंकर्स संघको बिहीबार बसेको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने घोषणा गरेको हो।

वाणिज्य बैंकहरुको हाल मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरेका छन्। संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ। कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ। बैंकहरुले जेठमा पनि यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

योसँगै कर्जाको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंकले कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको कारण जेठमा कर्जाको ब्याजदर घट्ने भएको हो।

बैंकहरुले बैशाखमा निक्षेपको ब्याजदर घटाएकाले उनीहरुले लागत घटेको छ। बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लाे ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts