वाणिज्य बैंकहरुले आगामी जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने

वाणिज्य बैंकहरुले आगामी जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने : Icon Khabar

काठमाडौँ, वैशाख २८ । जेठमा नेपालमा वाणिज्य बैंकहरुले आगामी जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। बैंकर्स संघको बिहीबार बसेको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने घोषणा गरेको हो।

वाणिज्य बैंकहरुको हाल मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरेका छन्। संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ। कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ। बैंकहरुले जेठमा पनि यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

योसँगै कर्जाको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंकले कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको कारण जेठमा कर्जाको ब्याजदर घट्ने भएको हो।

बैंकहरुले बैशाखमा निक्षेपको ब्याजदर घटाएकाले उनीहरुले लागत घटेको छ। बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लाे ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको हो।

Published Date: 11 May 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली