परिवारसहित भारतको ‘राज्य भ्रमण’मा रहेका पूर्वराजा ज्ञानेन्द्र, भारतीय नेता आदित्यनाथलाई भेटे

परिवारसहित भारतको ‘राज्य भ्रमण’मा रहेका पूर्वराजा ज्ञानेन्द्र, भारतीय नेता आदित्यनाथलाई भेटे : Icon Khabar

काठमाडौं, वैशाख २८ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह अहिले परिवारसहित भारत भ्रमणमा छन् । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजपरिवार भारत गएको बुझिएको छ ।

स्रोतका अनुसार आदित्यनाथले पूर्वराजा शाह र राजपरिवारलाई सम्राटका रूपमा ‘राज्य भ्रमण’को निम्तो दिएका थिए । सोही अनुसार पूर्वराजा, पूर्वरानी कोमल, पूर्व राजकुमारी हिमानी, पूर्वरानी आमा रत्न राज्यलक्ष्मी शाह र पूर्व राजकुमारी प्रेरणा वैशाख २२ गते भारत गएका थिए भने पूर्व राजकुमार पारस भने भ्रमण टोलीमा थिएनन् ।

पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले बुधबार दिउँसो पूर्व शाही परिवारसँग भेट गरेको बताए । उत्तर प्रदेशको राजधानी लखनउमा भेटघाट सौहार्दपूर्ण वातावरणमा भएको उनले बताए । तर, पाठकले कुराकानीमा के भयो भन्नेबारे अनभिज्ञता व्यक्त गरे ।

यो भ्रमण राजनीतिक भएको पूर्व शाही संस्था स्रोतले जनाएको छ । नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि राजतन्त्रवादी शक्तिहरू जुटिरहेका बेला पूर्वराजा आफैँ पनि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयासमा छन् । दुई महिनामा पूर्वराजाको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनले गत फेब्रुअरीमा श्रीमतीसँग भारत भ्रमण गरेका थिए ।

पूर्व शाही परिवार भारतमा कति दिन बस्ने भन्ने बारे कुनै जानकारी दिइएको छैन। पूर्वराजा जेठ ६ गते धनगढीमा आयोजना हुने नागरिक अभिनन्दनमा सहभागी हुनेछन् ।

Published Date: 11 May 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली