परिवारसहित भारतको ‘राज्य भ्रमण’मा रहेका पूर्वराजा ज्ञानेन्द्र, भारतीय नेता आदित्यनाथलाई भेटे

परिवारसहित भारतको ‘राज्य भ्रमण’मा रहेका पूर्वराजा ज्ञानेन्द्र, भारतीय नेता आदित्यनाथलाई भेटे : Icon Khabar

काठमाडौं, वैशाख २८ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह अहिले परिवारसहित भारत भ्रमणमा छन् । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजपरिवार भारत गएको बुझिएको छ ।

स्रोतका अनुसार आदित्यनाथले पूर्वराजा शाह र राजपरिवारलाई सम्राटका रूपमा ‘राज्य भ्रमण’को निम्तो दिएका थिए । सोही अनुसार पूर्वराजा, पूर्वरानी कोमल, पूर्व राजकुमारी हिमानी, पूर्वरानी आमा रत्न राज्यलक्ष्मी शाह र पूर्व राजकुमारी प्रेरणा वैशाख २२ गते भारत गएका थिए भने पूर्व राजकुमार पारस भने भ्रमण टोलीमा थिएनन् ।

पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले बुधबार दिउँसो पूर्व शाही परिवारसँग भेट गरेको बताए । उत्तर प्रदेशको राजधानी लखनउमा भेटघाट सौहार्दपूर्ण वातावरणमा भएको उनले बताए । तर, पाठकले कुराकानीमा के भयो भन्नेबारे अनभिज्ञता व्यक्त गरे ।

यो भ्रमण राजनीतिक भएको पूर्व शाही संस्था स्रोतले जनाएको छ । नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि राजतन्त्रवादी शक्तिहरू जुटिरहेका बेला पूर्वराजा आफैँ पनि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयासमा छन् । दुई महिनामा पूर्वराजाको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनले गत फेब्रुअरीमा श्रीमतीसँग भारत भ्रमण गरेका थिए ।

पूर्व शाही परिवार भारतमा कति दिन बस्ने भन्ने बारे कुनै जानकारी दिइएको छैन। पूर्वराजा जेठ ६ गते धनगढीमा आयोजना हुने नागरिक अभिनन्दनमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट