नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै : Icon Khabar

काठमाडौँ, वैशाख २८ । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा बस्दै छ। तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई भौगोलिक) हरू सहभागी हुनुहुनेछ ।

बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रास रुटको प्रतिवेदन, प्रदेशहरूको कार्य योजना, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेको उपप्रमुख रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts