नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै : Icon Khabar

काठमाडौँ, वैशाख २८ । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा बस्दै छ। तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई भौगोलिक) हरू सहभागी हुनुहुनेछ ।

बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रास रुटको प्रतिवेदन, प्रदेशहरूको कार्य योजना, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेको उपप्रमुख रिजालले जानकारी दिनुभयो ।

Published Date: 11 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय