चैत मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत : राष्ट्र बैंक

चैत मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत : राष्ट्र बैंक : Icon Khabar

काठमाडौं, वैशाख २८ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिसँगै गैर–खाद्य वस्तुको मूल्यवृद्धिका कारण चैत मसान्तमा पछिल्लो एक महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा थप वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको हालको बृहत् आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन’ ले गत फागुन मसान्तमा ७.४४ प्रतिशतको तुलनामा चैत मसान्तमा वार्षिक मुद्रास्फीति ७.७६ प्रतिशत पुगेको देखाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार खाद्य तथा पेय पदार्थको मुद्रास्फीति अघिल्लो महिनाको ५.६४ प्रतिशतको तुलनामा बढेर ६.९३ प्रतिशत पुगेको छ । मसलाको मूल्य सूचकाङ्क पनि १०.८८ प्रतिशतबाट बढेर १४.६७ प्रतिशत पुगेको छ । तर अनाज र तिनका उत्पादन १४.३५ प्रतिशतबाट घटेर १३.७२ प्रतिशतमा झरेको छ ।

गत महिना स्वास्थ्य उपवर्गको मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, आवास तथा उपयोगिता ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृति ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ८.७४ प्रतिशत र शिक्षा ८.६७ प्रतिशतले बढेको थियो ।

क्षेत्रगत हिसाबले काठमाडौं उपत्यकामा उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ८.५७ प्रतिशत रहेको छ । त्यसैगरी, तराईमा ७.६८ प्रतिशत, हिमाली क्षेत्रमा ७.४७ प्रतिशत र पहाडी क्षेत्रमा ७.०१ प्रतिशत मूल्य मुद्रास्फीति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts