चैत मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत : राष्ट्र बैंक

चैत मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत : राष्ट्र बैंक : Icon Khabar

काठमाडौं, वैशाख २८ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिसँगै गैर–खाद्य वस्तुको मूल्यवृद्धिका कारण चैत मसान्तमा पछिल्लो एक महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा थप वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको हालको बृहत् आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन’ ले गत फागुन मसान्तमा ७.४४ प्रतिशतको तुलनामा चैत मसान्तमा वार्षिक मुद्रास्फीति ७.७६ प्रतिशत पुगेको देखाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार खाद्य तथा पेय पदार्थको मुद्रास्फीति अघिल्लो महिनाको ५.६४ प्रतिशतको तुलनामा बढेर ६.९३ प्रतिशत पुगेको छ । मसलाको मूल्य सूचकाङ्क पनि १०.८८ प्रतिशतबाट बढेर १४.६७ प्रतिशत पुगेको छ । तर अनाज र तिनका उत्पादन १४.३५ प्रतिशतबाट घटेर १३.७२ प्रतिशतमा झरेको छ ।

गत महिना स्वास्थ्य उपवर्गको मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, आवास तथा उपयोगिता ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृति ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ८.७४ प्रतिशत र शिक्षा ८.६७ प्रतिशतले बढेको थियो ।

क्षेत्रगत हिसाबले काठमाडौं उपत्यकामा उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ८.५७ प्रतिशत रहेको छ । त्यसैगरी, तराईमा ७.६८ प्रतिशत, हिमाली क्षेत्रमा ७.४७ प्रतिशत र पहाडी क्षेत्रमा ७.०१ प्रतिशत मूल्य मुद्रास्फीति रहेको छ ।

Published Date: 11 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय