बहुपतिप्रथाको कथावस्तुमा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने

बहुपतिप्रथाको कथावस्तुमा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, वैशाख २२ । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मले दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्कीलाई देख्न सकिन्छ ।

यस्तै, ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको फिल्मको गीत र ट्रेलर आगामी साता सार्वजनिक हुने भएको छ ।

फिल्मलाई डोल्पामा छायांकन गरिएको हो । फिल्ममा देव थापाको निर्देशन, सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माता छन्।

फिल्मको पटकथा शेखर लामाले लेखेका हुन् । शिशिर र स्वस्तिमासहित फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित