बहुपतिप्रथाको कथावस्तुमा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने

बहुपतिप्रथाको कथावस्तुमा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, वैशाख २२ । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मले दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्कीलाई देख्न सकिन्छ ।

यस्तै, ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको फिल्मको गीत र ट्रेलर आगामी साता सार्वजनिक हुने भएको छ ।

फिल्मलाई डोल्पामा छायांकन गरिएको हो । फिल्ममा देव थापाको निर्देशन, सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माता छन्।

फिल्मको पटकथा शेखर लामाले लेखेका हुन् । शिशिर र स्वस्तिमासहित फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

Published Date: 05 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा