सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ: सभापति लामिछाने

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ: सभापति लामिछाने : Icon Khabar

काठमाडौं, वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार संसदको सपथ ग्रहणपछि राप्रपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको अध्यक्ष लामिछानेले बताए ।

उनले भ्रष्टाचार अन्त्यका लागि आफू र आफ्नो पार्टीलाई मतदाताले भोट दिएको उल्लेख गर्दै सरकारले भ्रष्टाचार अन्त्य गर्ने विषयलाई साझा न्यूनतम कार्यक्रमबाट हटाएकोले आफ्नो आपत्ति रहेको बताए । उनले सरकारले दिएको सहयोगको गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।

उनले भने, ‘हामीले आमजनतासँग भोट मागेको बेलामा हाम्रो सबैभन्दा महत्वपूर्ण मुद्दा र आम जनताले हामीलाई भोट दिएका छन् भन्ने हाम्रो विचारमा मुलुकको भ्रष्टाचार अन्त्य गर्ने विषय हो । जसमा हामीले जुनसुकै अवधिमा भएको वा हुनसक्ने भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्यौँ ।

तर, सरकारले न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचार छानबिन गर्ने प्रावधान हटायो । यस विषयमा हाम्रो गम्भीर आपत्ति छ । किनभने मतदाताले सकारात्मक परिवर्तनको आशामा हामीलाई संसदमा पठाएका छन् ।”

उनले देशमा अस्थिरता नचाहे पनि सरकारले दिएको सहयोगको पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।

शुक्रबार सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नं २ बाट निर्वाचित रास्वपा सभापति लामिछाने र तनहुँ क्षेत्र नं १ बाट राप्रपाका स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ गराए ।

Published Date: 28 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय