सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ: सभापति लामिछाने

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ: सभापति लामिछाने : Icon Khabar

काठमाडौं, वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार संसदको सपथ ग्रहणपछि राप्रपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको अध्यक्ष लामिछानेले बताए ।

उनले भ्रष्टाचार अन्त्यका लागि आफू र आफ्नो पार्टीलाई मतदाताले भोट दिएको उल्लेख गर्दै सरकारले भ्रष्टाचार अन्त्य गर्ने विषयलाई साझा न्यूनतम कार्यक्रमबाट हटाएकोले आफ्नो आपत्ति रहेको बताए । उनले सरकारले दिएको सहयोगको गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।

उनले भने, ‘हामीले आमजनतासँग भोट मागेको बेलामा हाम्रो सबैभन्दा महत्वपूर्ण मुद्दा र आम जनताले हामीलाई भोट दिएका छन् भन्ने हाम्रो विचारमा मुलुकको भ्रष्टाचार अन्त्य गर्ने विषय हो । जसमा हामीले जुनसुकै अवधिमा भएको वा हुनसक्ने भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्यौँ ।

तर, सरकारले न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचार छानबिन गर्ने प्रावधान हटायो । यस विषयमा हाम्रो गम्भीर आपत्ति छ । किनभने मतदाताले सकारात्मक परिवर्तनको आशामा हामीलाई संसदमा पठाएका छन् ।”

उनले देशमा अस्थिरता नचाहे पनि सरकारले दिएको सहयोगको पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।

शुक्रबार सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नं २ बाट निर्वाचित रास्वपा सभापति लामिछाने र तनहुँ क्षेत्र नं १ बाट राप्रपाका स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने